भारतीय विदेश सचिव क्‍वात्रा नेपालमा

काठमाडौं । भारतका विदेश सचिव विनय मोहन क्‍वात्रा नेपाल आइपुग्नुभएको छ । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा विदेश सचिव क्‍वात्रा आज बिहान भारतीय वायु सेनाको जहाजबाट काठमाडौं आइपुग्नुभएको हो ।

४ सदस्यीय टोली नेपाल आएका हुन्। टोलीमा भारतीय विदेश मन्त्रालयमा नेपाल डेस्क प्रमुख (नर्थ) सहसचिव अनुराग श्रीवास्तवसमेत हुनुहुन्छ ।

उहाँलाई त्रिुभवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायतका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो।

परराष्ट्र मन्त्रालयका अनुसार भारतका विदेश सचिव क्वात्रा परराष्ट्र सचिवस्तरीय बैठकमा सहभागी हुनुहुने छ ।

नेपालका लागि विदेश सचिवको कार्यभार सम्हालेपछिको यो क्वात्राको पहिलो नेपाल भ्रमण हो। नेपाल भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता हुने कार्यसूची तय भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा विदेश सचिवद्वय क्‍वात्रा र पौड्यालले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्नुहुने छ । कनेक्टिभिटी, ऊर्जा व्यापार,कृषि,स्वास्थ्य र संस्कृतिलगायत सहकार्यका विषयमा छलफल हुने बताइएको छ।

भारतको ‘छिमेकी पहिलो’नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण हुन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

Back to top button