नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक जारी

काठमाडौं । नेपाल र भारतका परराष्ट्र सचिवको प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु भएको छ । आज याक एण्ड एति होटलमा परराष्ट्र सचिवस्तरीय बैठक बसिरहेको हो।

बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र भारतको तर्फबाट विदेश सचिव विनय मोहन क्‍वात्राले नेतृत्व गर्नुहुने छ ।

परराष्ट्र सचिव पौड्यालको निमन्त्रणामा क्‍वात्राको नेतृत्वमा ४ सदस्यीय टोली आज बिहान भारतीय वायु सेनाको जहाजबाट काठमाडौं आइपुगेको हो। टोलीमा भारतीय विदेश मन्त्रालयमा नेपाल डेस्क प्रमुख (नर्थ) सहसचिव अनुराग श्रीवास्तवसमेत हुनुहुन्छ।

यस्तै, परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल हुनेछ। कनेक्टिभिटी, ऊर्जा व्यापार,कृषि,स्वास्थ्य र संस्कृतिलगायत सहकार्यका विषयमा छलफल हुने बताइएको छ।

Back to top button