रक्षामन्त्री उप्रेती र भारतीय समकक्षी सिंहबिट भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहनुभएका रक्षामन्त्री हरिप्रसाद उप्रेतीले समकक्षी राजनाथ सिंहसँग भेटवार्ता गर्नुभएको छ । पाँच दिने भ्रमणका लागि हिजो भारत जानु्भएका उहाँले आज भारतका रक्षामन्त्री सिंहसँग बैङ्लोरमा साइडलाइन वार्ता गर्नुभएको हो ।

उहाँहरुबीच २ देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे छलफल भएको छ। उहाँहरुबीच सैनिक सहकार्य गर्ने विषयमा पनि छलफल भएको छ। नेपाल र भारतीय सैनिकबीच हरेक वर्ष संयुक्त अभ्यास भइरहेको छ।

रक्षामन्त्री उप्रेती आगामी फागुन १ देखि ५ गतेसम्म भारत भ्रमणमा रहनुहुने छ । रक्षा मन्त्रालय स्रोतका अनुसार उहाँ भारतमा हुने डीफेन्स एक्सपोमा सहभागी हुन भारत जानुभएको हो । यस्तै उहाँले भारतका सेना प्रमुखसहित उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने बताइएको छ।

Back to top button