
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले पुरानो राजनीतिक सहमति कायम भए तत्काल सरकारमा जाने बताउनुभएको छ ।
भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रमा बोल्दै परियारले सरकार गठनका बेला भएको सहमति कार्यान्वयन भए आफ्नो पार्टी तत्काल सरकारमा जाने बताउनुभएको हो ।
राष्ट्रपतिमा पनि विगतकै सहमतिअनुरुप सत्तागठबन्धनबाटै चयन हुने उहाँले दावी गर्नुभयो। उहाँले विगतका राष्ट्रपति कुनै न कुनै विवादमा तानिएको बताउँदै अब निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्न सक्ने व्यक्ति राष्ट्रपति चयन गर्नुपर्ने उल्लेख गर्नुभयो।
प्रमुख सचेतक परियारले अहिले मुलुकलाई राजनीतिक अस्थीरतातर्फ लैजाने खेलमा रास्वपा नलाग्ने धारणा राख्नुभयो । उहाँले बैशाख २ गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा रास्वपाले आफ्ना पार्टी सभापति रवि लामिछानेलाई नै पुनः उम्मेदवार बनाउने र लामिछाने भारी मतले विजय हुने दावी गर्नुभयो।
उहाँले आफ्नो पार्टीको वैचारिक लाइन लोकतन्त्र,सामाजिक न्याय र समावेसिता रहेको बताउँदै आगामी महाधिवेशनमा यहि विषय दस्तावेजमा समेटिने बताउनुभयो।