रास्वपाको संसदीय दल र केन्द्रीय समितिको बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल र केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

बैठक पार्टी केन्द्रिय कार्यालय बसुन्धारामा ४ बजेबाट सुरू भएको हो । बैठकमा चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने बारेमा छलफल गर्नुका साथै समसामयिक राजनीति र संगठन बिस्तारबारे छलफल हुने पनि बताइएको छ ।

रास्वपा सभापति रवि लामिछानेको नागरिकता विवादसँगै उपप्रधानसहित गृह मन्त्रालय गुमेपछि रास्वपा सरकारबाट बाहिरिएको थियो । यद्यपि, सरकारलाई समर्थन भने जारी राखेको छ ।

आजको बैठकमा सत्तारुढ दलहरुले सरकारमा सहभागी हुन आह्वान गरेकाले सो विषयमा पनि छलफल गर्ने बताइएको छ ।

Back to top button