राष्ट्रिय टिममा लामिछानेको शानदार पुनरागमन, दोस्रो बलमै विकेट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टिममा शानदार पुनरागमन गर्नुभएको छ ।

बलात्कारको अभियोगमा भदौदेखि राष्ट्रिय टिम बाहिर रहनुभएका सन्दीपले विश्वकप क्रिकेट लिग २ अन्तरर्गत आजदेखि सुरु भएको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नामिबियाविरुद्ध पहिलो पटक टिममा स्थान बनाउनुभयो।

नेपालले टस जितेर फिल्डिङ रोजेको खेलको १२औं ओभरमा बलिङमा आउनुभएका लामिछानेले दोस्रो बलमै नामिबियाका ब्याटर कार्ल बिर्केनस्टोकलाई बोल्ड गर्नुभएको छ ।

Back to top button