प्रधानमन्त्री प्रचण्ड र कोरिया राष्ट्रपतिका राजनीतिक सल्लाहकार मिनबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दक्षिण कोरियाका राष्ट्रिपति युन सक यलका राजनीतिक सल्लाहकार जाङ सङ मिनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

आज बिहान प्रधानमन्त्री निवासमा भएको भेटमा उहाँहरुबीच नेपाल र कोरियाबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सहयोगलाई थप सुदृढ बनाउनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि हिजो कोरियाका राष्ट्रपतिका विशेष दूत जाङले परराष्ट्रमन्त्री डा.विमला पौड्यालसँग भेट गर्नुभएको थियो। भेटमा २ देशबीचको आपसी सम्बन्धका विभिन्न विषयमा छलफल भएको थियो।

यस्तै, १७ सदस्यीय टोलीको नेतृत्व गर्दै जाङ आइतबार साँझ काठमाडौं आइपुग्नुभएको हो । जाङ नेतृत्वको टोली आजै बंगलादेश प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

Back to top button