सुनको मूल्य आज २ सय रूपैयाँले घट्यो

काठमाडौं । छापावाल सुनको मूल्य आज प्रतितोला २ सय रूपैयाँले घटेको छ।

अघिल्लो दिन प्रतितोला १ लाख ४ हजारमा कारोबार भएको सुनको मूल्य आज १ लाख ३ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ३ सय कायम भएको छ।

यस्तै, आज चाँदीको मूल्य स्थिर छ। प्रतितोला १ हजार २ सय ९५ कायम रहेको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Back to top button