अब ट्रायलमा ७० अंक ल्याए लाइसेन्स प्राप्त

काठमाडौं । बागमती प्रदेशमा आजबाट सवारी लाइसेन्समा ग्रेडिङ सिस्टम लागू भएको छ । प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयहरूमा पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा ७० अङ्क ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम लागू गरेको हो ।

फागुन १ गतेबाटै लागू गर्ने तयारीमा रहेको प्रदेश सरकारले हिजो बिदा परेकोले आजबाट लागू गर्ने भएको छ । प्रदेश–१, मधेश–प्रदेश र गणडकी–प्रदेशमा नयाँ व्यवस्था केही समय अघि नै लागू भइसकेको छ । बागमती प्रदेशमा पनि सो व्यवस्था लागू भएको हो ।

Back to top button