शुक्रबारदेखि एमालेको २ महिने ‘मिसन ग्रासरुट’ सुरु हुँदै, ४२ नेताले पाए यस्तो जिम्मेवारी

काठमाडौं । नेकपा एमालेको ‘मिसन ग्रासरुट’ नाम दिइएको २ महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान यही फागुन ५ गते शुक्रबारबाट सुरू हुँदै छ ।

अध्यक्ष केपी शर्मा ओलीले अभियान सुरूको दिन फागुन ५ गते १२ः१५ बजे सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअलमाध्यमबाट एकसाथ सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ ।

यस अभियानलाई प्रभावकारी बनाउन मिसन ग्रासरुट अनुगमन र संयोजनमा रहनुभएका कमरेडहरूको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सोमबार बसेको अनौपचारिक बैठकले अभियानमा खटिनुहुने नेताको नाम टुङ्गो लगाएको छ । बैठकले अभियानको उद्देश्य, कार्ययोजना र कार्यादेशका बारेमा पनि छलफल गरी टुङ्गो लगाएको छ ।

मूलतः केन्द्रीय कमिटी सदस्यहरूलाई पालिका तहमा २ महिनाको जिम्मेवारी दिएर अभियान सञ्चालन गर्न लागिएको छ । अभियानको अनुगमन र संयोजनका लागि पार्टीका उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेताहरू खटिनुहुने भएको छ । सो अनुसार:

(१) प्रदेश–१ मा अष्टलक्ष्मी शाक्य, टोपबहादुर रायमाझी, राजेन्द्रप्रसाद गौतम शेरधन राई, हिक्मत कार्की र अग्निप्रसाद खरेललाई जिम्मेवारी दिइएको छ ।

(२) मधेश प्रदेशमा ईश्वर पोखरेल, रघुवीर महासेठ, गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेललाई तोकिएको छ ।

(३) बाग्मती प्रदेशमा सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट, काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङलाई खटाइएको छ ।

(४) गण्डकी प्रदेशमा युवराज ज्ञवाली, पदमा कुमारी अर्याल, किरण गुरूङ, खगराज अधिकारी र थममाया थापालाई जिम्मेवारी दिइएको छ ।

(५) लुम्बिनी प्रदेशमा रामबहादुर थापा, छविलाल विश्वकर्मा, भीम आचार्य, भानुभक्त ढकाल र राजन भट्टराईलाई खटाइएको छ ।

(६) कर्णाली प्रदेशमा सुवासचन्द्र नेम्वाङ, योगेशकुमार भट्टराई, यामलाल कँडेल, गोरखबहादुर बोगटी र शिवमाया तुम्वाहाम्फेलाई तोकिएको छ ।

(७) सुदूरपश्चिम प्रदेशमा विष्णुप्रसाद पौडेल, लेखराज भट्ट, मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापाले अभियानको नेतृत्व गर्नुहुनेछ ।

यस्तै, विशेष कमिटी केन्द्रीय कार्यालयमा शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरूङ, विष्णु रिमाल र डा. भीष्म अधिकारी हुनुहुन्छ ।

Back to top button