
जनकपुर । मधेस प्रदेशको प्रदेश सभाको बैठक आज बस्दै छ । बैठक २८ दिनपछि आज बस्न लागेको हो ।
गत माघ ४ गते मधेस मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चितकाका लागि स्थगित गरिएको थियो ।
सभामुख रामचन्द्र मण्डलले आज दिउँसो २ बजेका लागि बैठक आह्वान गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।