विराटनगरबाट स्रोत नखुलेको ३ लाख ५६ हजार नगदसहित एकजना पक्राउ

विराटनगर । विरानगर महानगरपालिका–१५ बाट स्रोत नखुलेको रकम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जहदा गाउँपालिका–१ का ३२ बर्षीय उदियानन्द सरबरीया रहेको प्रहरीले जनाएको छ ।

सोमबार बेलुका इलाका प्रहरी कार्यालय रानी सिमाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका सरबरीयालाई संका लागि चेक जाँच गर्दा श्रोत नखुलेको ३ लाख ५६ हजार २ सय १० रुपैया नेपाली नोट सहित पक्राउ गरेको हो ।

स्रोत नखुलेको रकम सहित पक्राउ परेका सरबरीयालाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाईएको प्रहरीले जनाएको छ ।

Back to top button