एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपालको किर्तिमानी जीत

काठमाडौं । कुशल भुर्तेलको शतकप्रेरित नेपालले विश्वकप क्रिकेट लिग २ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध कीर्तिमानी दुई विकेटको जित निकालेको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले २ सय ८६ रनको लक्ष्य पाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७.४ ओभरमा आठ विकेट गुमाएर २ सय ८७ रन बनाउँदै कीर्तिमानी लक्ष्यसहितको जित निकाल्न सफल भयो ।

यो नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा पाएको सबैभन्दा ठूलो लक्ष्य हो। यसअघि सन् २०१९ मा यूएईविरुद्ध कीर्तिपुरमै २ सय ५४ रनको लक्ष्य पाएको थियो ।

नेपालका लागि १ सय १३ बलको सामना गरेका कुशलले १० चौका र ४ चौकासहित १ सय १५ रनको शानदार शतकीय इनिङ खेल्नुभयो । यस्तै, कप्ता रोहित पौडेल ७२ रन जोडेर पेभेलिन फर्किदा सन्दीप जोरा २८ रन जोडेर पेभेलियन फर्किनुभयो भने करण केसी २० रन बनाएर अविजित रहनुभयो ।

ओपनर आसिफ शेख शून्य, ज्ञानेन्द्र मल्ल २५, कुशल मल्ल ६ र दीपेन्द्रसिंह ऐरी सात रन बनाएर आउट हुनुभएको थियो । नामिबियाका लागि रुबेन थ्रुम्पेल्मान र यान निकोलले सर्वाधिक ३–३ विकेट लिनुभयो ।

पहिलो इनिङमा नामिबियाका लागि तेस्रो नम्बरमा क्रिजमा उत्रिनुभएका लिगेनले १ सय १८ बलमा ६ चौका र ४ छक्कासहित १०० रन पूरा गर्नुभएका लिगेनले १ सय ३६ मा ९ चौका र ५ छक्कासहित १ सय ३३ रन बनाएर पेभेलियन फर्कनुभयो ।

लिगेनले तेस्रो विकेट कप्तान जेरार्ड इरास्मससँग १२४ रनको साझेदारी गर्नुभएको थियो । त्यसबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। सन्दीप लामिछानेले आफ्नो क्वोटाको पूरा १० ओभर बलिङ गर्दै ६६ रन खर्चेर ३ विकेट लिनुभयो ।

करण केसीले १० ओभरमा ६१ रन खर्चेर एक मेडनसहित सर्वाधिक ५ विकेट लिनुभयो । कुशल मल्ल र सोमपाल कामीले १–१ विकेट लिनुभयो । नेपालले शृंखलाअन्तर्गत शुक्रबार स्कटल्यान्डसँग खेल्ने छ भने शनिबार नामिबिया र अर्को मंगलबार स्कटल्यान्डसँग खेलेर शृंखला टुङ्ग्याउने छ।

Back to top button