राष्ट्रपति पनि एमालेलाई नै दिए बर्बाद हुन्छ : माधव नेपाल

कास्की । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति एमालेबाट भए बर्बाद हुने दाबी गर्नुभएको छ ।

पार्टीको शुभेच्छुक संस्था समाजवादी प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमाले‍लाई राष्ट्रपति दिन नहुने बताउनुभएको हो ।

‘राष्ट्रिय सभा अध्यक्ष पनि एमालेकै, सभामुख पनि एमालेकै अनि राष्ट्रपति पनि दिए बर्बाद हुन्छ,’ उहाँले भन्नुभयो। राष्ट्रपतिमा सन्तुलनसहितको राष्ट्रिय सहमति हुनुपर्नेमा उहाँले जोड दिनुभयो। तर राष्ट्रपतिमा आफ्नो पार्टीबाट उम्मेदवार नहुने उहाँले बताउनुभयो।

अध्यक्ष नेपालले अहिलेको सरकार खिचडी भएको संज्ञा दिनुभयो। ‘यो संविधान मान्दैनौं भन्ने पनि त्यहाँ छन्, परिवर्तन उल्ट्याउँछौं भन्नेहरु छन्,’ उहाँले भन्नुभयो। यद्यपि अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ परिवर्तनको पक्षधर भएको हुँदा खुसी लागेको पनि सुनाउनुभयो।

Back to top button