रवि लामिछानेको राहदानीबारे जाहेरी दर्ता गर्न नपर्ने सरकारी वकिलको निष्कर्ष

काठमाडौं । रवि लामिछानेको पासपोर्ट विषयमा अनुसन्धान गर्न माग राख्दै युवराज पौडेलले दिएको जाहेरी दर्ता गर्न नपर्ने निष्कर्ष काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले निकालेको छ।

प्रहरीले यो विषयमा पहिलैदेखि अनुसन्धान गरिरहेकाले त्यही प्रकृतिको अर्को जाहेरी दर्ता गर्नु आवश्यक नरहेको निचोड निकालिएको हो । यसअघि पौडेलले प्रहरीमा जाहेरी दिन खोजे पनि दर्ता गर्न नमानेपछि उहाँ सरकारी वकिलकहाँ पुग्नुभएको थियो ।

सहन्यायाधिवक्ता अच्यूतमणि नेउपानले युवराज पौडेललाई दिएको जानकारी पत्रमा भनिएको छ,‘तपाईंले यस कार्यालयमा मिति २०७९–१०–२४ मा पेस गर्नुभएको जाहेरी दरखास्त उपर जिल्ला प्रहरी परिसर, काठमाडौंमा अनुसन्धान भइरहेको भन्ने देखिएकाले सोही विषय सम्बन्धी जाहेरी यस कार्यालयमा केही गर्न नपर्ने व्यहोरा जानकारी गराइन्छ।’

Back to top button