जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिनु राणाकालीन प्रवृत्तिः सांसद सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएर सरकारमा राणाकालीन प्रवृत्ति देखिएको टिप्पणी गर्नुभएको छ ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले राणाकालमा मन्त्रीहरूले मनलाग्दी बिदा दिने गरेको र अहिलेको सरकारमा पनि त्यही प्रवृत्ति देखिएको भन्दै आपत्ति जनाउनुभयो।

सरकारले फागुन १ गते जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिएको थियो। उहाँले नेपालमा राणा शासनको बिदा फेरि आएको हो? भन्दै प्रश्न गर्नुभयो। ‘देव शमशेर ८ महिना मन्त्री हुँदा २ महिना जुवा फुकुवा गरेको भन्ने आएको छ। भीमशमेशर ८ पटक जुवा फुकाएको र ५ दिन सिंदुर जात्रा गर्न विदा दिएको भन्ने छ,’उहाँले भन्नुभयो, ‘के नेपालमा राणा शासनको बिदा फेरि सुरु भएको हो? ।’

बेलायतमा ८ दिन र अमेरिकामा १४ दिन मात्रै वार्षिक बिदा दिने गरेको भन्दै नेपालले पनि उनीहरूबाट पाठ सिक्नुपर्ने उहाँ बताउनुभयो।

Back to top button