
काठमाडौं । सेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ । १३ दशमलव ९० अंकले घटेको बजार २०९१ दशमलव ५६ बिन्दुमा आएर रोकिएको हो । यो ० दशमलव ६६ प्रतिशतको गिरावट हो ।
आज २५६ वटा धितोपत्रको ३३ हजार ४८३ वटा कारोबारबाट ४८ लाख १५ हजार १२० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २०२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसदिन उत्पादन तथा प्रशोधनबाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै होटल तथा पर्यटन उपसमूहका लगानीकर्ताले गुमाएका छन् ।
आज युनिलिभर नेपाल लिमिटेडको मूल्य सबैभन्दा धेरै ८ दशमलव ५४ प्रतिशतले बढेको छ । यसको मूल्य २२ हजार रुपैयाँ पुगेको छ । बाराही हाइड्रो, कर्पोरेट विकास बैंक, अरु भ्याली हाइड्रोसहितका कम्पनीको मूल्य बढेको छ ।
यस्तै, गरिमा डिभेन्चरको मूल्य सबैभन्दा धेरै ९ दशमलव ९७ प्रतिशतले घट्यो । विजय लघुवित्त, माहुली लघुवित्त, पञ्चकन्यामाई हाइड्रोसहितका कम्पनीको मूल्य धेरैले घट्नेमा परेको छ ।