सिलिण्डर विष्फोटबाट घाइते सांसद चन्द्र भण्डारीकी आमाको निधन

काठमाडौं । ग्यासको सिलण्डर विष्फोटबाट घाइते हुनुभएकी नेपाली कांग्रेस सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ।

गएराती घरमा सिलिण्डर विष्फोट हुँदा घाइते हुनुभएकी भण्डारीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। अस्पतालका कार्यकारी निर्देशक डा.निजिना ताम्राकारले हरिकला भण्डारीको निधन भएको पुष्टि गर्नुभयो।

कांग्रेस नेता भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ। थप उपचारका लागि उनीहरूलाई भारत लैजान अस्पतालले सिफारिस गरेको थियो।

काठमाडौंको बुद्धनगरस्थित घरमा हिजो बेलुकी खाना पकाउने क्रममा ग्यास सिलिण्डर विष्फोट हुँदा आमा छोरा जलेर घाइते हुनुभएको थियो।

प्रतिनिधि सभाका सदस्यसमेत रहनुभए्का भण्डारी र उहाँकी ८६ वर्षीया आमालाई सिभिल अस्पतालहुँदै कीर्तिपुर अस्पताल लगेर आइसीयूमा उपचार थालिएको थियो।

Back to top button