कांग्रेस सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न सभापति देउवा अस्पतालमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा कीर्तिपुर अस्पताल पुग्नुभएको छ ।

अस्पताल पुगेर उहाँले ग्यास सिलिण्डर विष्फोटबाट घाइते हुनुभएका कांग्रेस नेता एवं सांसद डा.चन्द्रकान्त भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

देउवासँगै अर्थमन्त्री विष्णु पौडेल, कांग्रेस उपसभापति धनराज गुरुङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक,कांग्रेस नेता बालकृष्ण खाडलगायत नेताहरू अस्पताल पुग्नुभएको हो ।

यसैबीच सभामुख देवराज घिमिरेले पनि अस्पताल पुगी नेता भण्डारीको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको छ । हिजो राति ग्यासको सिलिण्डर पड्किएर सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारी घाइते हुनुभएको थियो ।

उपचारका क्रममा नेता भण्डारीको आमा हरिकलाको निधन भएको छ। अस्पतालमा उपलब्ध स्रोत र साधनले उपचार गर्न असम्भव भएकाले उहाँलाई भारत लैजाने तयारी भइरहेको छ ।

Back to top button