प्रतिनिधिसभा नियमावली मस्यौदा तयार

काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा तयार भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले तयार पारेको मस्यौदा सभामुख देवराज घिमिरेलाई बुझाउने तयारी छ ।

आज समिति बैठकमा सांसद्हरूलाई मस्यौदामा हस्ताक्षर गराइँदैछ। अब प्रतिनिधिसभा बैठकमा नियमावली पेश हुने र त्यसपछि स्वीकृत भए कार्यान्वयनमा आउनेछ ।

एउटा संसद्‍मा नटुंगिएको महाभियोग प्रस्ताव अर्को संसद्‍मा लैजान सांसदहरू सहमत भएका छन् । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा प्रतिनिधिसभाको कार्यकाल ५ महिना भन्दा कम भएर महाभियोग टुग्याउन नसके निर्वाचनपछि आउने संसद्ले स्वीकार्नु पर्नेमा समिति सदस्यहरू एक भएका हुन् ।

यस्तै, पुर्पक्षका लागि थुनामा गएपछि सांसद स्वतः निलम्बन हुने मस्यौदामा उल्लेख छ । संसदीय समितिको सदस्यमा स्वार्थ बाझिने सांसदलाई समितिको सदस्य नबनाउने प्रावधान राखिएको छ ।

संसदीय समिति १० वटा राख्ने सहमति भएको छ । यस्तै नियमावली पारित गर्दा प्रतिनिधि सभाको प्रमुख विपक्षी दलबारे स्पष्ट पारिनुपर्ने नेपाल मजदुर किसान पार्टीको माग छ । गत माघ १० गते २१ सदस्यीय समिति गठन भएको थियो ।

Back to top button