
काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनमा १७ पदाधिकारीमा मात्रै १ सयजना हाराहारीमा उम्मेदवारी परेको छ ।
अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव गरी १७ पदाधिकारीसहित १ सय ९९ सदस्यीय केन्द्रीय कमिटीका लागि कुल ३ सय भन्दा बढीले उम्मेदवारी दिएका हुन् ।
अनेरास्ववियुको एक पदका अध्यक्षका लागि ५ जना र महासचिवका लागि पनि ५ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा आरसी लामिछाने, मोती विक, लोकेश निरौला, वाङ्छु योन्जन र समिक बडालले उम्मेदवारी दिनुभएको छ ।
निर्वाचन कमिटीले आज बिहान उम्मेदवारहरुको अन्तिम नामावाली सार्वजनिक गरेको छ ।
यस्तो छ नामावाली