सत्ता गठबन्धन भत्किँदैन, राष्ट्रपतिमा राष्ट्रिय सहमती आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ

सुर्खेत । उपप्रधान तथा भौतीक योजना मन्त्री नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धन कसैले चाहेर पनि नभत्किने बताउनुभएको छ ।

आज सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले सत्ता साझेदार दलहरु आपसी समझदारीअनुसार अघि बढे कसैले पनि गठबन्धन भत्काउन नसक्ने बताउनुभएको हो ।

गठबन्धनका सबै दलले सुदृढ ढङ्गबाट अघि बढ्नुपर्ने बताउँदै उहाँले भन्नुभयो,‘मुख्य चारवटा चिजहरु हाम्रो गठबन्धन भित्र सुध्रिनुपर्छ । पहिलो प्रतिगमनलाई कुनै पनि हालतमा अघि बढ्न दिन चाँहदैनौँ ।, दोस्रो राष्ट्रियताको रक्षा, तेस्रो समृद्धिको लक्ष र चौथो शान्ति प्रक्रियाको बाँकी काम यसलाई पूरा गर्नेगरी विश्वासको वातावरण बन्यो भने बाहिरबाट कसैले चाहेर पनि हुँदैन । यसो गर्न सकिएन भने हामीले चाहँदैमा र नचाहँदैमा केही कुरा हुँदैन ।’

यस्तै, मन्त्री श्रेष्ठले पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपतिमा राष्ट्रिय सहमती आवश्यक भएको पनि बताउनुभएको छ ।

उहाँले भन्नुभयो,‘अहिलेको सरकारलाई संसद्मा भएका ९९ प्रतिशतले विश्वासको मत दिए । संसद्मा भएका सबैजसो पार्टीले प्रधानमन्त्रीज्यूलाई समर्थन गरे । यो ऐतिहासिक परिघटना हो । त्यस वातावरणले राष्ट्रिय सहमति कायम गर्ने वातावरण बनेको छ ।’

Back to top button