पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारत प्रस्थान

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भारत प्रस्थान गर्नुभएको छ ।

भारतीय कम्युनिष्ट पार्टी माक्सवादी लेनिनवादी लिबरेसन पार्टीको ११औँ अखिल भारतीय महाधिवेशनमा सहभागी हुन पूर्वप्रधानमन्त्री नेता खनाल त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

भारतको पटनामा हुने महाधिवेशनमा नेता खनालले भारतीय कम्युनिष्ट,वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ ।

पार्टीका विदेश विभाग प्रमुखसमेत रहनुभएका नेता खनाल नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा पार्टी उपाध्यक्ष प्रमेश हमाल,नेता खनालका पत्नी रविलक्ष्मी चित्रकार र पार्टी विदेश विभाग सचिव डा. शंकर खतिवडा हुनुहुन्छ।

प्रतिनिधिमण्डलको २ दिनको कार्यक्रम सकेर काठमाडौं फर्कने कार्यक्रम छ ।

Back to top button