अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल निर्वाचित हुनुभएको छ ।

अनेरास्ववियूको २३ औं राष्ट्रिय महाधिवेशनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको छ। बडालले ९ सय ६२ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिप्रष्र्धी आरसी लामिछानेले ३ सय ५६ मत प्राप्त गर्नुभएको छ ।

महासचिवमा नरेश रोकाया विजयी हुँदा निकटतम प्रतिष्पर्धि भाष्कर खनाल हुनुभएको छ ।  रोकायाले ७ सय ३३ मत प्राप्त गर्दा खनालले खनालले ३ सय २२ मत प्राप्त गर्नुभयो ।

निर्वाचन समितिका अनुसार उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट विजयी हुनुभएको छ । सचिवमा डा. सुजन कडरिया, अन्जना शिवाकोटी, आरती भट्टराई, दीपेश प्रसाईं, प्रकाश पौडेल, विनिता काफ्ले, सन्जीव धिताल, ​​​​​​​दीपक धामी, आशिर्वाद सुवेदी र मनोज ताम्ली लिम्बु निर्वाचित हुनुभएको छ ।

कोषाध्यक्षमा संगम अर्याल विजयी हुनुभएको छ । सहमतिमा नेतृत्व चयनको प्रयास गरेपनि असफल भएपछि हिजो बेलुकाबाट विद्युतीय मेसिनमार्फत मतदान गरेर नेतृत्व चयन गरेको हो। निर्वाचनमा १ हजार ५ सय १७ मत खसेको निर्वाचन समितिले जनाएको छ।

Back to top button