
काठमाडौं । आज सुनको मूल्य घटेको छ। सुन प्रतितोलामा ५०० सयले घटेको हो। मूल्य घटेसँगै प्रतितोला सुनको मूल्य १ लाख २ हजार ५०० रूपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार तेजाबी सुनको मूल्य १ ला २ हजार रूपैयाँ तोकिएको छ। हिजो सुन तोलामा ६०० रूपैयाँले घटेर प्रतितोला १ लाख ३ हजार रूपैयाँले खरिदबिक्री भएको थियो।
यस्तै, सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार २७५ रूपैयाँले किनबेच भइरहेको छ।
अघिल्लो कारोबार दिन हिजो प्रतितोला १ हजार २८५ रुपैयाँ तोकिएको थियो।