घरको छतबाट खसेर एक वृद्धको मृत्यु

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–६ जनपथ चोकमा घरको छतबाट खसेर आज बिहान एकजना वृद्ध पुरुषको मृत्यु भएको छ।

छतबाट खसेर ८७ वर्षीय भीमबहादुर महराको मृत्यु भएको हो। आफ्नै २ तले घरको छतमा घाम तापेर कुर्सीमा बसिरहेका बेला बिहान १० बजेतिर अचानक खस्नुभएका महराको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिनुभयो।

उहाँका अनुसार शव पोस्टमार्टमका लागि उर्लाबारीकै मंगलबारे अस्पतालमा राखिएको छ। घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीले थप अनुसन्धान गरिरहेको कार्कीले बताउनुभयो।

Back to top button