माइकलको शतकमा नेपाललाई स्कटल्यान्डले दियो २ सय ७५ रनको लक्ष्य

काठमाडौं । माइकल लिस्कको अविजित शतकप्रेरित स्टकल्यान्डले विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय शृंखलामा नेपाललाई २ सय ७५ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ७४ रनको योगफल तयार गर्यो।

१ सय ११ रन बनाउँदा २५औं ओभरमा ६ विकेट गुमाएको स्टकल्यान्डका लागि लिस्कले शानदार इनिङ खेल्नुभयो। भ्रमणकारी टिमका लागि ८५ बलको सामना गर्नुभएका लिस्कले ३ चौका र ९ छक्कासहित १ सय ७ रनको अविजित शतकीय इनिङ खेल्नुभयो।

लिस्कसँग ८१ रनको साझेदारी गर्नुभएका ज्याक हार्भिसले २६ रन बनाएर आउट हुनुभएको थियो। त्यसअघि ओपनर क्रिस्टोफर म्याकब्राइड २२ तथा कप्तान रिची १९ रन जोडेर पेभेलियन फर्किनुभएको थियो।

त्यसबाहेक ब्रान्डोन म्याकमुलेन २२ तथा क्रिस ग्रिभेस १६ रन जोडेर आउट हुनुभयो। मार्क वाट २० रन जोडेर रन आउट हुनुभयो।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर सर्वाधिक ३ विकेट लिनुभयो। यस्तै, कुशल मल्लले ९ ओभरमा ४९ रन खर्चेर १ विकेट लिँदा १ मेडन राख्नुभएको थियो । यस्तै, सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिनुभयो।

यस्तै, शृंखलामा यो दुबै टिमको दोस्रो खेल हो। नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले पराजित गरेको थियो। यस्तै, बुधबार स्कटल्यान्डले नामिबियाविरुद्ध १० विकेटको शानदार जित निकालेको थियो। त्यो जितसँगै स्कटल्यान्ड विश्वकप क्रिकेट लिग २ च्याम्पियन बनिसकेको छ।

Back to top button