बैंकको चर्को व्याजदरविरूद्ध आज बानेश्वरमा प्रदर्शन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले लगाएको चर्को व्याजदरविरुद्ध प्रदर्शन भएको छ। नेपाल कोरोगेटेड बक्स उत्पादन संघको आयोजनामा आज बानेश्वरमा प्रदर्शन भएको हो।

चर्को व्‍याजदरका कारण व्यापार व्यवसाय चलाउने अवस्था नरहेको भन्दै व्यवसायीहरूले विरोध जनाएका हुन्।

यस्तै, प्रदर्शनकारीहरूले बैंकको व्याजदर १ अंकमा कायम गर, सम्पूर्ण उद्योगी व्यवसायी एक हौं, कर्जा सेवा शुल्क ० दशमलव २५ प्रतिशत भित्र कायम गर लगायत विभिन्न माग राखेर सांकेतिक आन्दोलन गरेका छन् ।

Back to top button