कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नु उपयुक्त : डा. महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति आफ्नो दलले लिनु स्वभाविक हुने बताउनुभएको छ ।

वर्तमान राष्ट्रपतिले संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गरको र एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनलाई मुल विषय बनाएकाले पनि संविधान रक्षाका लागि राष्ट्रपति पद महत्वपूर्ण भएको उहाँले बताउनुभयो ।

डा. महतले भन्नुभयो,‘संविधान रक्षाको कोणबाट पनि कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नु उपयुक्त हुन्छ ।’

यसमा एमाले सहमत नभएकाले संविधान रक्षाधर पार्टीहरु एकठाउँमा हुनुपर्ने उहाँको जोड छ । संविधान रक्षालाई प्रमुख विषय बनाएर प्रचण्डले कांग्रेस नेतृत्वमा गठबन्धन बनाएको र अहिले पनि त्यो विषय प्रमुख हो भनेर भनेकाले कांग्रेसले विश्वासको मत दिएको प्रवक्ता डा. महतले बताउनेभयो ।

माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई साथ दिँदा सरकार के हुन्छ भन्ने प्रश्नमा डा. महतले एमालेले जनाउने प्रतिक्रियाले राजनीतिक कोर्स निर्धारण गर्ने बताउनुभयो ।

यसबारे छलफल भएको हुनसक्ने भन्दै उहाँले भन्नुभयो,‘त्यस्तो परिस्थिति आयो भने के हुन्छ भन्दा पुरा टर्म वा अन्य विकल्प नेतृत्व छलफल भएकै होला । ’

Back to top button