कांग्रेसले प्रमुख प्रतिपक्षको मान्यताका विषयमा कानुन व्यवसायीसँग गर्‍यो परामर्श

काठमाडौं । प्रमुख प्रतिपक्ष दलको मान्यताका विषयमा नेपाली कांग्रेसले कानुन व्यवसायीसँग परामर्श गरेको छ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा प्रमुख सचेतक रमेश लेखकले कानुन व्यवसायीसँग छलफल गर्नुभएको हो ।

परामर्शमा सहभागी एक कानुन व्यवसायीका अनुसार प्रतिपक्ष दलका हैसियत कांग्रेसमा रहेको आफूहरुले जानकारी गराएको बताए ।

‘कांग्रेस प्रतिपक्ष दल नै हो । संसद सचिवालयले प्रमुख प्रतिपक्ष दलको कुर्ची नै छुट्याएर राखेको छ,’ छलफलमा सहभागी कानुन व्यवसायीले भने, ‘प्रमुख प्रतिपक्ष दलको नेताले प्राप्त गर्ने सेवा सुविधाको लागि पत्र पनि संसद सचिवालयले लेखेको छ । यसमा द्धिविधा हुनुपर्ने छैन ।’ कांग्रेस प्रमुख प्रतिपक्षको हैसियतमा रहेको राय दिएको उनले बताए ।

कांग्रेसले कानुन व्यवसायीहरुमा शम्भु थापा, रामनारायण विडारी, महादेव यादव, खम्बबहादुर खाति, राधेश्याम अधिकारी, गोविन्द बन्दी, रमण श्रेष्ठ लगायत परामर्शका लागि बोलाएको थियो ।

यस्तै, प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई नबनाउन भनि सर्वोच्चमा परेको रिट विचाराधीन छ ।

Back to top button