नेता भण्डारीको पहिलो सर्जरी सफलतापूर्वक सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको नेशनल वर्न सेन्टरमा उपचार भइरहेको छ। नेता भण्डारीको पहिलो सर्जरी सफलतापूर्वक सम्पन्न भएको अस्पतालमा रहनुभएका योगराज कंडेलले जानकारी दिनुभयो।

उहाँको उपचारमा खटिएका मुख्य सर्जन डा. सुनिल केसवानीका अनुसार भण्डारीको दायाँ खुट्टामा एकदमै डिप ईन्जरी रहेकोले सोचेभन्दा धेरै समय लगाएर सर्जरी गर्नुपरेको थियो। दायाँ खुट्टा माईल्ड रहेको डाक्टर केसवानीले बताउनुभएको कंडेलले जानकारी दिनुभयो।

भण्डारीको दुवै खट्टाको सर्जरी सम्पन्न भएको छ। दोस्रो सर्जरी गर्ने वा नगर्ने अव्जरवेसन पछि मात्र निर्णय हुने डाक्टर केसवानीले बताउनुभएको छ ।

गत बुधबार राति घरमा ग्यास सिलिण्डर विस्फोट हुँदा भण्डारी घाइते हुनुभएको थियो। उहाँको थप उपचारका लागि बुधबार नै भारतको नेशनल वर्न सेन्टर लगिएको हो। विष्फोटमा गम्भीर घाइते भएकी उहाँको आमा हरिकला भण्डारीको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमै निधन भएको थियो।

Back to top button