राष्ट्रपतिको चुनावलाई लिएर अर्को गठबन्धन गरे प्रचण्ड अवसरवाद : राजेन्द्र गौतम

विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज राजेन्द्र गौतमले पुष १० गतेको भद्र सहमति लत्याउँदै अर्को गठबन्धन गर्न खोजे माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अवसरवाद रहेको बुझिने बताउनुभएको छ ।
नेकपा एमालेले हिजोदेखि सुरु गरेको मिसन ग्रासरुटको सन्दर्भका प्रदेश कमिटीको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेता गौतमले पुष १० गते राष्ट्रिय सहमतिको कुरा नगर्ने अनि आफैले राखेको प्रस्ताव विपरित यतिबेला राष्ट्रिय सहमतिको नाममा अरु गतिविधि गर्दा राजिनितक भाषामा अवसरवाद हुने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘पुष १० गते जुन खालको सहमति अनुसार प्रचण्ड प्रधानमन्त्री हुनुभयो, त्यसको पूर्ण पालना हुनुपर्छ ।’ पाँच दलीय गठबन्धन तोडेर नयाँ कोर्षबाट प्रधानमन्त्री हुनुभएका प्रचण्डलाई फेरि अर्को कोर्षमा जान कठिन रहेको भन्दै उहाँले भन्नुभयो, ‘त्यसो भए राजनितीक परिभाषामा त्यसलाई अवसरवाद भनिन्छ ।’
नेकपा एमाले गठबन्धन भत्काउने पक्षमा नरहेको बताउँदै उहाँले एमालेकै उम्मेदवार राष्ट्रपति हुने विश्वास ब्यक्त गर्नुभयो । यस्तै उहाँले फेरि रपनि गठबन्धन भत्किए मुलुकको राजनैतिक कोर्ष नै फेरिने बताउनुभयो । उहाँले मुलुक मध्यावधि निर्वाचन तर्फ जाने संकेत गर्दै भन्नुभयो, प्रधानमन्त्री प्रचण्ड मात्र नभई सिंगो माओवादी पार्टी नै पुष १० को सहमतिमा नअडिए राष्ट्रिय राजनितिको नयाँ कोर्ष बदलिन्छ ।’
यस्तै उहाँले हिजोदेखि आरम्भ भएको ‘मिसन ग्रासरुट’ संगठन सुध्रिढिकरणका लागि चालिएको भन्दै आगामी निर्वाचनमा नेपालको राष्ट्रिय राजवनितीमा ५० ‘प्लस’ जनतालाई एमाले र एमालेको निती विचारमा गोलबन्द गर्ने योजना रहेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा प्रदेश १ का अध्यक्ष तुलसी न्यौपानेले हिजो शुरु भएको अभियान २०८० साल बैसाख ९ गते पार्टीको स्थापना दिवसको अवसरसम्म चल्ने बताउनुभयो । उहाँले अभियानका लागि प्रदेश कमिटीका नेताहरुलाई जिल्ला भित्रका तर आफ्नो पालिका भन्दा बाहिरका पालिकाहरुमा परिचालन गरिएको बताउनुभयो ।
उहाँले अभियानका क्रममा प्रदेशमा रहेका १ लाख ७० हजार पार्टी सदस्यहरुको नविकरण, नयाँलाई सदस्यता प्रदान गर्ने प्रकृया अघि बढाउने, अन्य पार्टीबाट एमाले प्रवेश गर्नेहरुलाई सदस्यता प्रदान गर्दै जिम्मेवारि दिनेलगायतका काम गरिने बताउनुभयो ।
यस्तै सक्रिय युवा, लब्ध प्रतिष्ठित ब्यक्तित्व, समाजले पत्याउने ब्यक्तिहरुलाई व्यापक रुपमा पार्टी प्रवेश गराइने भन्दै नेता न्यौपानेले पार्टीको विधान र हित विपरित कार्य गर्नेहरुलाई कारवाहि गरिने समेत जानकारि दिनुभयो अभियानका क्रममा पार्टीमा योगदान गर्ने अग्रजहरुको सम्मान तथा उत्कृष्ट काम गर्ने तीन वटा पालिकालाई पुरस्कृत गरिने समेत जानकारि दिनुभयो ।

Back to top button