नामिबियाले नेपाललाई दियो २ सय ७५ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत भइरहेको खेलमा नामिबियाले नेपाललाई २ सय ७५ रनको लक्ष्य दिएको छ ।

जान ग्रीनले अविजित ७५ रन बनाएपछि पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभर खेल्दै ६ विकेट गुमाएर २ सय ७४ रन बनाएको हो ।

ग्रीनले ६३ बल खेल्दै ११ चौका र १ छक्का प्रहार गर्नुभयो । १ सय ३८ रनमा ५ विकेट गुमाएको नामिबियाका लागि जान ग्रीन र पिक्की या फ्रान्सले ९४ रनको महत्वपूर्ण साझेदारी गर्नुभएको थियो।

ग्रीनले अन्तिम ११ बलमा रुबेन ट्रम्पलमेसँग अविजित ४४ रनको साझेदारी गर्नुभयो । नामिबियाले अन्तिम १० ओभरमा १ सय १५ रन जोडेको थियो ।

यस्तै, ४९औं ओभरमा सोमपाल कामीले नन पिक्की या फ्रान्सलाई रनआउट गर्दै यो साझेदारी तोड्नुभएको थियो । नन स्ट्राइकर एन्डमा रहनुभएका फ्रान्स अर्धशतक बनाउनबाट समेच १ रनले चुक्नुभयो ।

सातौं नम्बरमा ब्याटिङ गरेका फ्रान्सले ३९ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ४९ रन बनाउनुभयो ।

त्यसपछि लो हान्ड्रे लौरेन्स र कार्ल विर्केन्स्टोकले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गर्नुभएको थियो । लौरेन्सले ४१ र कार्लले २० रन बनाउनुभयो । दुवैलाई सन्दीप लामिछानेले लगातार ओभरमा आउट गर्दै नेपाललाई सफलता दिलाउनुभएको थियो।

यस्तै माइकल भान लिगेनले २२ रन बनाए भने कप्तान गेर्हार्ड एरासमस र जान निकोल लोफ्टी एटोनले समान १५ रन जोड्नुभयो ।

नेपालका लागि सन्दीपले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिनुभयो । अघिल्लो खेलमा ५ विकेट लिएका करणले आज १ विकेट मात्र लिनुभयो । त्यसका लागि उहाँले ९ ओभरमा ७० रन खर्चिनुभयो ।

यसैगरी करण केसीले ९ ओभरमा ६१ रन खर्चेर १ विकेट लिनुभयो । दीपेन्द्र सिंह ऐरीले १० ओभरमा १ मेडन राख्दै ३७ रन खर्चिनुभयो तर विकेट लिन सक्नुभएन् । नामिबियाका २ खेलाडी रनआउट भए ।

Back to top button