सप्तरीकी एक महिलाले गरिन शरीरमा आगो लगाएर आत्महत्या

जनकपुर । सप्तरीकी एक महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । तिलाठी गाउँपालिका–४ तेलियारी टोल बस्ने राजकुमार साहको श्रीमती ४० वर्षीया राजुदेवी साहले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गर्नुभएको हो ।

घरमा कोही नभएको अवस्थामा घरसँगै टाँसिएको शौचालयभित्र गएर आफैलाई आगो लगाएको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी नरेशकुमार सिंहले जानकारी दिनुभयो । मृतको शव पोस्टमार्टमको लागि गजेन्द्र नारायण सिंह अस्पताल पुर्‍याइएको छ ।

यस्तै, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहले बताउनुभयो । उहाँले आफ्नै शरीरमा आगो लगाउनुको कारण भने खुल्न सकेको छैन ।

Back to top button