सांसद अरुण चौधरी रिहा

काठमाडौं । कैलाली निर्वाचन क्षेत्रनम्बर–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुण चौधरी रिहा हुनुभएको छ ।

नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित चौधरीलाई प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिनुभएको थियो ।

१३ वर्ष पुरानो आगजनी मुद्दामा दोषी ठहर हुनुभएका चौधरी सांसद निर्वाचित भएपछि गत माघ १९ गते बाँकेबाट पक्राउ पर्नुभएको थियो । उहाँलाई कैलालीको जिल्ला कारागारमा राखिएको थियो ।

यस्तै, वि.स. २०६६ भदौ ३ गते लु२त २११ नम्बरको ट्रयाक्टर जलाएको अभियोगमा दोषी ठहर हुनुभएका चौधरीले कैद भुक्तान गर्न बाँकी थियो । कारागारबाट रिहा भएपछि सांसद चौधरीलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलगायतले स्वागत गर्नुभएको छ ।

Back to top button