सत्ता समिकरण फेरिदैनः एमाले अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनको विषयलाई लिएर अहिलेको सत्ता समीकरण नफेरिने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उहाँले माओवादी केन्द्रले एमालेले उठाएको राष्ट्रपतिलाई भोट हाल्दैन भन्ने परिकल्पना गर्न नसकिने बताउनुभयो ।

राष्ट्रपति को हुन्छ त? भन्ने जिज्ञासामा उहाँले नेकपा एमालेको उम्मेदवार राष्ट्रपति बन्ने र उम्मेदवारको नाम १३ गते सार्वजनिक हुने बताउनुभयो ।

यस्तै उहाँले पूर्व राजा ज्ञानेन्द्र शाहसँग पुरानै धङधङी रहेको टिप्पणी गर्नुभएको छ । २ सय ४० वर्ष शासन चलाउँदा देश कस्तो अवस्थामा थियो भन्ने प्रश्न गर्दै एमाले अध्यक्ष ओलीले १५ वर्षको अवधि मात्रै जनताको हातमा शासन आएको उहाँले बताउनुभयो ।

ज्ञानेन्द्र शाह आफैं अलमलमा रहेको भन्दै उहाँले त्यस्तो प्रस्तावको कुनै अर्थ नरहेको बताउनुभयो । प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरुसँग सहकार्यको प्रस्ताव राख्नुभएको थियो ।

दुर्गा प्रसाईंलाई कारवाही हुन्छ ? भन्ने जिज्ञासामा उहाँले पानीले आफ्नो लेवल आफैं मिलाउँदै जाने बताउनुभयो ।

Back to top button