प्रजातन्त्र दिवसमा ज्येष्ठ नागरिकलाई सम्मान

विराटनगर । ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसमा विराटनगर–११ स्थित अलकाटोल (घ) टोल समितिले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

विराटनगर–११ पिचरास्थित ज्येष्ठ नागरिक सामुदायिक भवनमा आयोजित कार्यक्रममा टोल समितिले ज्येष्ठ नागरिक मानबहादुर रायमाझी र इन्द्रमाया सुवेदीलाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले रायमाझी र सुवेदीलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो । वडाध्यक्ष नेउपानेले ज्येष्ठ नागरिक समाजका प्रेरणाका स्रोत भएको बताउनुभयो ।

उहाँले विराटनगर–११ स्थित ज्येष्ठ नागरिक सामुदायिक भवनमा पुस्तकालयसहित संग्राहलाय स्थापना गर्ने उद्घोष गर्नुभयो । भावीपुस्तालाई संग्राहलय प्रेरणाको स्रोत हुने उहाँले बताउनुभयो ।

विगत ७ वर्षदेखि प्रजातन्त्र दिवसको अवसर पारेर समाजमा योगदान पुर्‍याउने ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको आयोजक संस्था टोल समितिका अध्यक्ष यादनरसिंह कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा समाजसेवी चिरञ्जीवी दाहाल, ज्येष्ठ नागरिक वडा कार्यसमितिका सचिव अर्जुन भट्टराई, सामुदायिक भवनका सचिव खगेन्द्र संग्रौला, प्राध्यापक भूषण ढुंगेल, ज्येष्ठ नागरिक समाजका सल्लाहकार वीरेन्द्र कार्कीलगायतले प्रजातन्त्र दिवसको महत्व र औचित्यमाथि विचार व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी सोही अवसरमा वरिष्ठ साहित्यकार कृष्णराज कोइराला, कवि इन्द्र खतिवडा, मोहन ताम्राकारलगायतले प्रजातन्त्र दिवससँग सम्बन्धित कविता सुनाउनुभयो ।

Back to top button