राष्ट्रपति कांग्रेसबाटै हुँन्छ : महामन्त्री शर्मा

वीरेन्द्रनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले राष्ट्रपति पदमा कांग्रेसकै नेतृत्व हुने दावी गर्नुभएको छ । आज सुर्खेतमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनपछि शितलनिवासमा कांग्रेसकै नेतृत्व देखिने दाबी गर्नुभयो।

निर्वाचनका बेला गठबन्धनमा भएका दलहरुबीच नै राष्ट्रपति निर्वाचनमा पनि तालमेल हुने उहाँले बताउनुभयो । महामन्त्री शर्माले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रुपमा रहेको राष्ट्रपति पदमा कांग्रेस नै अग्रसर हुनु स्वभाविक रहेको बताउनुभयो।

पुरानै गठबन्धन ब्युउँताउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै पाँच वर्ष पूर्ण कार्यकाल कायम राख्ने गरी भएपनि कांग्रेसले सहमति जनाउन सक्ने उहाँले बताउनुभयो ।

माहामन्त्री शर्माले कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारका रुपमा सभापति शेरबहादुर देउवासहित रामचन्द्र पौडेल, कृष्ण श्रेष्ठ, गोपालमान श्रेष्ठ र मनबहादुर विश्वकर्माको नाम चर्चामा रहेको बताउनुभयो।

Back to top button