पोखराको बेगनास–पोखरा सडकखण्डमा करिब ४५ जना सवार बस दुर्घटना

कास्की । पोखराको बेगनास–पोखरा सडकखण्डमा बस दुर्घटना भएको छ । करिब ४५ जना सवार रहेको ग २ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकीनजिक शिशुवा नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनाका घाइतेलाई उद्धार गर्ने क्रम चलिरहेको र थप जानकारी आउन बाँकी रहेको कास्की प्रहरीले जनाएको छ । बेगनास तालबाट पोखरातर्फ जाँदै गरेको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यस्तै, कास्की प्रहरीका निरीक्षक ज्ञान खड्काका अनुसार अहिले घाइतेको अवस्था एकीन भइसकेको छैन र घाइतेको उपचारका लागि अस्पताल लगिँदै छ ।

Back to top button