सूचना–प्रविधि सबैको सरोकार मात्र नभएर अनिवार्य र अपरिहार्य विषय हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वमा सूचना–प्रविधि प्रत्येक मान्छेको सरोकारको विषय मात्र नभएर अनिवार्य र अपरिहार्य विषय बनिसकेको बताउनुभएको छ ।

आज राससको बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले सूचना प्रविधिको तीव्र र द्रूत विकासले सञ्चार जगतलाई मात्र नभएर सामाजिक जीवनका सम्पूर्ण आयाम र अवयवहरूलाई समेटेको बताउनुभएको हो ।

‘आजको युग विज्ञान प्रविधि र त्यसमा पनि मुख्यतः सूचना प्रविधिको युग हो। पछिल्लो २ दशकमा विश्वमा सूचना प्रविधिको विकास यति तीव्रतामा भएको छ कि सिंगो विश्वले यसलाई चौंथो औद्योगिक क्रान्तिका रूपमा संश्लेषण गर्दैछ।

सूचना प्रविधिको यसप्रकारको तीव्र र द्रूत विकासले सञ्चार जगतलाई मात्र नभएर सामाजिक जीवनका सम्पूर्ण आयाम र अवयवहरूलाई समेटेको छ।’ उहाँले भन्नुभयो,‘अब सूचना–प्रविधिभन्दा बाहिर त्यस्तो कुनै विषय र मुद्दा छैन, जसले आफ्नो अस्तित्व अलग रूपमा कायम गर्न सकोस्। यसर्थ, २१ औँ शताब्दीको आजको विश्वमा सूचना–प्रविधि प्रत्येक मान्छेको सरोकारको विषय मात्र नभएर अनिवार्य र अपरिहार्य विषय बनिसकेको छ। ’

प्रधानमन्त्री प्रचण्डले नेपालका सञ्चारमाध्यमहरूलाई समय र युग सुहाउँदो रुपमा थप अद्यावधिक र परिमार्जित गर्न आवश्यक भएको धारणा राख्नुभयो।

Back to top button