पोखरा बस दुर्घटनाः ४२ जानै विद्यार्थीको सकुसल उद्धार

काठमाडौं । पोखराको बेगनास–पोखरा सडकखण्डमा भएको बस दुर्घटनामा सबैको उद्धार भएको छ । ४२ जना सवार रहेको ग २ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकीनजिक शिशुवा नजिकै दुर्घटनामा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उद्धार गरिएका ४२ जनालाई नै उपचारका लागि पश्चिमाञ्चल अस्पताल, मनिपाल र गण्डकी मेडिकल कलेज लगिएको छ ।

यस्तै, दुर्घटनामा परेका कसैको पनि अवस्था गम्भीर नभएको कास्की प्रहरीले जनाएको छ । उनीहरू पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहका लागि गाउन लिन गएर फर्कँदै थिए । पोखरा विश्वविद्यालयको भोलि दीक्षान्त समारोह छ ।

Back to top button