माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज अपरान्ह बस्ने भएको छ । अपराह्न साढे चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा आगामी राष्ट्रपति निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्रपतिको उम्मेदवारको विषयमा नेकपा एमालेसँग असमझदारी बढेपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल थाल्नुभएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले राष्ट्रपतिमा आफ्नो पार्टीले अघि सार्ने उम्मेदवारलाई समर्थन गर्न प्रधानमन्त्री प्रचण्डसमक्ष औपचारिक आग्रह गर्नुभएको छ । जवाफमा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेर निर्णय लिने बताउनुभएको थियो ।

सोहि अनुसार आज पदाधिकारी बैठक बस्न लागेको हो । राष्ट्रपति निर्वाचनका लागि यही फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ । फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुनेछ ।

Back to top button