पूर्वस्वास्थ्यमन्त्री श्रेष्ठको निधन

काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री डा. मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ। श्रेष्ठको उपचारका क्रममा आज बिहान सवा ४ बजे अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उहाँ २०४६ सालको आन्दोलन पछाडि बनेको सरकारमा स्वास्थ्यमन्त्री बन्नुभएको थियो । पछिल्लो समय उहाँ मानवअधिकार क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो।

पारिवारिक स्रोत अनुसार उहाँका छोरा–छोरी विदेशमा रहेकाले भोलि ९ बजेपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ। उहाँको पार्थिव शरीरलाई अन्नपूर्ण न्यूरो अस्पतालबाट शिक्षण अस्पतालको शवगृहमा लैजाने तयारी गरिएको छ।

Back to top button