
काठमाडौं । विन्ध्यवासिनी म्युजिक प्रा.ली.का सञ्चालक सुवास रेग्मी पक्राउ पर्नुभएको छ । नेपाल प्रहरीको केन्द्रीय साइबर व्युरोले उहाँलाई अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो। उहाँ थाइल्याण्डबाट स्वदेश फर्किदै हुनुहुन्थ्यो।
उहाँविरूद्ध साइवर व्युरोमा उजुरी परेपछि अनुसन्धान गर्न पक्राउ गरिएको साइबर व्युरोका प्रवक्ता पशुपतिकुमार राय जानकारी दिनुभयो ।
रेग्मीविरूद्ध गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिनुभएको छ । सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारविरूद्ध अश्लिल गाली गर्ने,अपशब्द प्रयोग गर्ने र कलाकारहरूको चरित्रहत्या गरेको उजुरीमा उल्लेख छ।