पूर्वस्वास्थ्यमन्त्री श्रेष्ठको निधनप्रति प्रधानमन्त्रीद्धारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वस्वास्थ्यमन्त्री,बुद्धिजीवी एवं अधिकारकर्मी डा. मथुराप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले अधिकारकर्मी डा. श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।

उहाँले श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार,आफन्तजन र शुभेच्छुकमा समवेदना प्रकट गर्नुभएको छ । श्रेष्ठको ८८ वर्षको उमेरमा आज उपचारका क्रममा बिहान सवा ४ बजे अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो ।

Back to top button