
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ आशापुरीमा रहेको सामुदायिक जंगलमा एक जना पुरुषको शव फेला परेको छ।
पहिचान नखुलेको अन्दाजी ४०–४५ वर्षको पुरुष मृत भेटिएका हुन्।
घटनास्थलमा लास जाँच मुचुल्काको लागि वृत जगातीबाट प्रहरी निरीक्षक सुन्दर चौलागाईंको कमाण्डमा टोली खटाइएको प्रहरी परिसरका एसपी प्रजित केसीले जानकारी दिनुभयो।