मोरङको बुढीगंगामा एक महिलाको हत्याः शव व्यवस्थापनका लागि गाडि खोज्दा हत्या रहस्य बाहिरियो

विराटनगर । मोरङको बुढीगंगा– २ मा एक महिलाको हत्या भएको छ । विराटनगर–१९ की प्रियंका सुनारको बुढीगंगा–२ स्थित नरसिंह चौधरीको घरमा हिजो दिउँसो हत्या भएको पाइएको हो ।

हत्याका बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्या नियोजित रुपमा गरिएको पाइएको छ । हत्याको सूचना भने शव व्यवस्थापनका लागि गाडि खोज्ने क्रममा फेला परेको थिए ।

प्रहरीका अनुसार आइतबार राती ११ बजे कोसी अस्पताल विराटनगरमा कटहरी–५ का ६२ वर्षीय रमानन्द राम गाडी शव व्यवस्थापनका लागि गाडि खोज्न खटिएको पाइएको छ ।

अस्पताल परिसरमा भएका गाडीलाई शव बोक्नुपर्ने र शव अस्पताल भन्दा बाहिर बुढीगंगा गाँउपालिका–२ को एउटा घरमा रहेको भनेपछि सुचना प्रहरीसम्म पुगेको थियो । घटना शंकास्पद लागेसँगै प्रहरीले गाडि खोज्ने रामलाई राती नै नियन्त्रणमा लिएको छ ।

अनुसन्धानको क्रममा सुनारको बुढीगंगा–२ का नरसिंह चौधरीको घरमा दिउँसो हत्या गरिएको र शव व्यवस्थानको जिम्मा कटहरीका ६२ वर्षीय रामलाई दिइएको तथ्य बाहिरिएको हो ।

घटनामा संलग्न रहेको आरोपमा चारजनामध्ये अहिलेसम्म तीनजना पक्राउ परिसकेको मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेलले जानकारी दिनुभएको छ । घटनामा मृतक प्रियंकाका श्रीमान्को समेत संलग्नता रहेको पाइएको छ ।

प्रियंकालाई त्यहाँसम्म श्रीमान् रमेश साहले लगेको देखिएको छ । साहले प्रियंकालाई त्यहाँ लिएर पुग्नु अगाडी दुईजना युवा चौधरीको घरमा पुगिसकेको देखिन्छ । मृतक सुनवारलाई त्यहाँ भएका दुईजनासँग छोडेर पुर्‍याउन जाने र घरधनी बाहिर निस्केको गएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

उनीहरु हिडेपछि दुईजनाले हत्या गरेर बोरामा पोको पारेर ग्वालीमा राखेर हिडेका थिए । जसमध्ये एकजना कटहरी ५ का ३५ वर्षीय उमेश सरदार रहेको खुलेको छ ।

घटनाको विषयमा अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार योजनावद्ध रुपमा महिलाको हत्या भएको देखिन्छ । घटनामा कसको कस्तो संलग्नता छ भन्ने यकिन अझैसम्म भएको छैन । प्रहरीले पक्राउ परेकामध्ये दुईजनाको मात्रै नाम सार्वजानिक गरेको छ ।

थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । प्रहरीले घटना भएको घरका धनी नरसिंह चौधरीलाई समेत सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय झिकाएको छ । चौधरी गाडी खोजिरहेका व्यक्तिका दाजु राजेन्द्र रामसँग चिनजान भएका व्यक्ति रहेको पाइएको छ ।

Back to top button