काठमाण्डौंबाट विराटनगर उड्न लागेको सौर्य एयरको इण्डिकेटरमा समस्या, पार्किङ्गमा फर्काइयो जहाज

विराटनगर । काठमाण्डौंबाट विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको सौर्य एयरलाइन्सको जहाजको इण्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको छ ।

त्रिभुवन विमानस्थलबाट एसएयू ७२१ उडान नम्बरको जहाज यात्रु बोर्डिङ पुरा गरी धावनमार्ग नजिकै पुगेको बेला फिर्ता पठाइएको हो ।

इण्डिकेटरले जहाजमा समस्या रहेको देखाएपछि उडान नगरी फिर्ता भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।

यस्तै, जहाजमा के समस्या देखिएको हो भन्ने चाँहि खुलेको छैन । जहाज पार्किङ–वेमै फिर्ता ल्याइएको छ ।

Back to top button