पर्सामा गाडीको ठक्करबाट एक बालकको मृत्यु

वीरगञ्ज । पर्सामा गाडीको ठक्करबाट एक १३ वर्षीय बालकको मृत्यु भएको छ । ठोरी गाउँपालिका–४ विजयबस्तीका विश्वास श्रेष्ठको मृत्यु भएको हो ।

हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्ज–ठोरी सडकखण्डको विजयबस्तीमा बागमती प्रदेश नं १–०२७ च ०३०३ नम्बरको स्कारपियोले बिहान ८ बजे श्रेष्ठलाई ठक्कर दिएको थियो ।

स्कारपियोको ठक्करबाट गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि वीरगञ्जस्थित तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा लगिएको थियो ।

उपचारको क्रममा बिहान सवा १० बजे अस्पतालले बालकको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

स्कारपियोसहित चितवन माडी नगरपालिका–३ घर भएका चालक पदम बिलास पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनास्थलको अनुसन्धानसँगै शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Back to top button