विज्ञान भिडियो प्रतियोगिताको विजेतालाई शिक्षादिप कलेजमा पुरस्कृत

विराटनगर । विज्ञान शिक्षक समाज नेपाल प्रदेश १ को आयोजनामा भएको विज्ञान भिडियो प्रतियोगिताको विजेतालाई विराटनगर–१० मा रहेको शिक्षादिप कलेजमा पुरस्कृत गरिएको छ ।

आज कलेजको सभा हलमा विज्ञान शिक्षक समाजले एक कार्यक्रमको आयोजना गरि प्रतियोगिताको विजेतालाई पुरस्कृत गरेको हो । उनीहरुलाई हिसान प्रदेश १ का अध्यक्ष तथा शिक्षादिप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले पुरस्कृत गर्नुभयो।

समाजले गत असोज १ गते १० औं राष्ट्रिय विज्ञान दिवशको अवसरमा अनलाईनमार्फत सञ्चालन गरेको विज्ञान भिडियो प्रतियोगितामा इटहरी वाल विकाश सेकेन्डरी स्कुलकी स्वेता राई प्रथम, पोखरीया मा.वी. विराटनगरका क्रितिन खड्का र सेन्ट जोसेफ विराटनगरका मेजेश पिठाकोटे दोस्रो, आलश मा.वि. विराटनगरकी पियंका झा तेस्रो तथा गढीगाउँ मा.वि. झापाका उज्जवल घिमिरे सान्त्वना भएको समाजका सचिव लिलाकान्त बन्जारले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा प्रदेश १ का ३० भन्दा बढी मा.वि.बाट ५० जनाभन्दा बढी विद्यार्थीहरु सहभागि रहेका थिए ।

यस्तै, सो प्रतियोगिताको निर्णायक कोशी मिडिया प्रा.ली.का अध्यक्ष अर्जुन कुलुङ राई र समाजाका प्रदेश १ का अध्यक्ष अभय लिम्बुले गर्नुभएको थियो।

Back to top button